संस्थाको मुलभूत उद्देश्यहरू (संशोधित विधानमा आधारित)
क) निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई एकत्रित रूपमा संगठित बनाई यिनीहरूबीच एकता सद्भाव भातृत्व पेशागत आचरण र सिष्टाचारको अभिबृद्धि गर्ने गराउने।
ख) सरल र आधुनिक प्रविधिले गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने व्यवस्था गर्ने गराउने।
ग) यस संस्थाका सदस्यहरूको व्यवसायिक हित संरक्षण सम्बर्द्धन र प्रबर्द्धनकालागि आवश्यक सम्पूर्ण कार्य गर्ने गराउने।
घ) स्वास्थ्य व्यवसायलाई आधुनिकीकरण विकसित स्वच्छ निष्पक्ष तथा सर्वसुलभ बनाउन अग्रसर रहने।
ङ) नेपालको स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षाको क्षेत्रमा आवश्यक निती नियमको तर्जुमा लगायत संस्थाको विषयसँग सम्बन्धित अन्य कार्यकालागि सरकारी गैरसरकारी निकाय समक्ष संस्थागत प्रतिनिधित्व गर्ने आवश्यक राय सुझाव पेश गर्ने र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विविध विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी कार्यान्वयन गर्ने गराउने।
च) स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नेपाल राज्यभरका संघ संस्थाहरूलाई समन्वय र एकत्रित गरी स्वास्थ्य क्षेत्रको छाता संगठनका रूपमा कार्य गर्न लागि पर्ने ।
अफिनको २२ औ साधारणसभामा भवन निर्माण सहयोगार्थ अस्पतालहरु र कर्मचारीहरुलाइ प्रमाण पत्र वितरण
केन्द्रीय कार्यलय भवन निर्माणको लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्यमन्त्रीलाई अफिनको अनुरोध
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को बार्षिक साधारणा सभा २०७९
अफिन आवद्ध संस्था तथा अफिन आफैले गरेका कार्यक्रमहरु
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को हार्दिक अफिल